Breaking News

हरितालिका तीजको अवसरमा भीमदत्तमा निशुल्क खानेपानी वितरण

कञ्चनपुरः महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा महाकाली घाटस्थित रामेश्वर मन्दिर परिसरमा निशुल्क खानेपानी वितरण गरिएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ११ को आयोजना तथा जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिको आर्थिक सहयोग साथै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको समन्वयमा निशुल्क खानेपानी वितरण गरिएको हो। खानेपानी वितरण कार्यमा भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले सहयोग गरेको छ।

तीजका दिनमा महिलाहरू तथा दर्शकलाई निशुल्क रूपमा खानेपानी वितरण गरिएको भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो। उहाँले महिलाहरूलाई नाचगानका लागि डीजे साथै अन्य व्यवस्था समेत गरिएको जानकारी दिनुभयो।

जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक जमुना सुनारले तीजको अवसरमा अत्याधिक गर्मीलाई मध्यनजर गर्दै निशुल्क खानेपानी वितरण गरिएको बताउनुभयो। उहाँले यस मानवीय कार्यमा सहयोग गर्ने संस्थाहरू एनएनएसडब्ल्यूए र डीसीए नेपाल साथै उत्थानशील युवा सञ्जाललाई धन्यवाद दिनुभयो। उत्थानशील युवा सञ्जालका सदस्य कल्पना विश्वकर्माले सञ्जालले विभिन्न क्षेत्रमा मानवीय कार्य गर्दै आएको बताउनुभयो।

महाकाली घाटमा स्नान गर्न आएका महिला साथै मेला भर्न आएको श्रद्धालुहरूले यस्तो टन्टलापुर घाममा चिसो पानी पाउँदा निकै आनन्द आएको बताएका थिए।

About Surendra Jairu

Check Also

कञ्चनपुरमा ‘सातौँ आदर्श क्रिकेट कप-२०८१’ टी-२० क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुरः कञ्चनपुरमा ‘सातौँ आदर्श क्रिकेट कप-२०८१’ टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ। जिल्लाको बेदकोट नगरपालिका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *