Breaking News

कमलबजार-८ ढाकुमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

अछामः अछामको कमलबजार नगरपालिका-८ ढाकुमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। आईतबार कमलबजार नगरपालिका-८ ढाकुमा आर्थिक वर्ष २०७९/८० को सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

गत आर्थिक वर्षमा ५७ लाख ९६ हजार बजेट विनियोजन भएको मध्ये सबै बजेट वडाको विकास निर्माणका कार्यहरूमा कार्यान्वयन भएको वडा अध्यक्ष प्रजाबहादुर बोगटीले जानकारी दिनुभयो। वडाका विभिन्न विकास निमार्णका योजनालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उहाँले स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत तथा यातायातलाई विषेश प्राथमिकता दिने घोषणा गर्नुभयो।

कार्यक्रममा सहभागि अधिकांश नागरिकहरूले वडामा अति आवश्यक समस्याहरूलाई समाधान गर्नुपर्ने बताएका थिए। यस्तै वडामा अघिल्लो सरकारले गर्न नसकेका अधुरा कामहरूलाई पूरा गरि वडाका सेवा सुविधाहरू सहजरुपमा लिन पाउनुपर्ने माग राखेका थिए।

सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागिहरूले उठाएका प्रश्नहरुको जवाफ दिदैँ कार्यवाहक नगर-उप प्रमुख शारदा कुमारी बिष्ट, वडा अध्यक्ष प्रजाबहादुर बोगटी, निमित्त प्रमुख प्रसाशकीय अधिकृत खड्ग बहादुर बिष्टले नगर र वडाले जनताले चाहे अनुसारको काम निरन्तर रूपमा गरिरहेको बताउनु भयो।

वडा अध्यक्ष प्रजाबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति कार्यवाहक नगर प्रमुख शारदा कुमारी बिष्ट रहनु भएको थियो भने, विशिष्ट अथिति निमित्त प्रमुख प्रसाशकिय अधिकृत खड्गबहादुर बिष्ट रहनु भएको थियो। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक, महिला तथा जेष्ठ नागरिकलगायतको सहभागिता रहेको थियो।

वडा सदस्य झंकरबहादुर बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव तिर्थु रानाले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण रेडियो केबिएम एफएमका प्रबन्धक हिक्मतबहादुर नेपाली, कार्यक्रम संयोजक मिलन नेपाली तथा समाचार प्रमुख रमिता बिकले गर्नुभएको थियो।

About Surendra Jairu

Check Also

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको छैटौं महाधिवेशन काठमाडौंमा सम्पन्न, अध्यक्षमा रेग्मी

15 सेप्टेम्बर 2024 काठमाडौं : विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *