Breaking News

एनएनएसडब्ल्यूए-द्वारा नेतृत्व विकास, वक्तृत्व तथा सञ्चारसम्बन्धी तालिम सम्पन्न

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आयोजनामा “नेतृत्व विकास, वक्तृत्व तथा सञ्चार” सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। संस्थाका पदाधिकारी तथा कार्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एनएनएसडब्ल्यूए-को सभा हलमा तालिमको आयोजना गरिएको हो। तालिममा कर्मचारीहरूको  नेतृत्वशैलीको विकास, प्रभावकारी सञ्चार सिपको विकास तथा वक्तृत्वकला वा भाषण गर्ने सिपको विकासका लागि सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा सिकाई प्रदान गरिएको थियो।

नेपाल राष्टिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले ‘कर्मचारीहरूको क्षमता अभिवृद्धि योजना’ अन्तर्गत यो तालिमको आयोजना गरिएको छ। उहाँले कार्मचारीहरूको वार्षिक मूल्याङ्क, सन्तुष्टि सर्वेक्षण र कर्मचारीहरूको क्षमता र विशेषज्ञता दर्शाउने मानव संसाधन सूची संकलन गरिएको र सोको आधारमा उनिहरूका आवश्यकता अनुसारका क्षमता अभिवृद्धि तालिम र अभिमूखिकरण निरन्तर रूपमा गरिएको बताउनुभयो। उहाँले यस तालिममा सहभागी भएका कर्मचारीको नेतृत्वशैलीको विकास, प्रभावकारी सञ्चार सिपको विकास तथा वक्तृत्वकला वा भाषण गर्ने सिपको विकास भै उनिहरूको कार्यकुशलतामा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

संस्थामा इन्टर्नशीप गरिरहेका सूदुरपश्चिमाञ्च विश्वविद्यालयका अभिशेक बडुले सामाजिक विकास अध्ययन विषयमा स्नातक गरिरहेका विद्यार्थीहरूको लागि यो तालिम निकै उपलब्धीमुलक रहेको बताउनुभयो। तालिमा सहभागिहरूले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाएको थिए।

यस तालिमको सहजीकरण संस्थाका मानव संसाधन व्यवस्थापक बिनोद बिक्रम जैरूले गर्नुभएको थियो भने, तालिमको सञ्चालन शारीरिक पुनर्स्थापना केन्द्र परियोजनाका अनुगमन र मूल्याङ्कन अधिकृत तथा संस्थाका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) सम्पर्क व्यक्ति क्षितिज जोशीले गर्नुभएको थियो। तालिममा संस्थाका अध्यक्ष मायादेवी सार्की, पदाधिकारीहरू तथा कार्यसमिति सदस्यहरू, विभिन्न परियोजनाका कर्मचारीहरू साथै यस संस्थामा इन्टर्नशीप गरिरहेका सूदुपश्चिममाञ्चल विश्वविद्यालयमा सामाजिक विकास अध्ययन विषयमा स्नातक गरिरहेका विद्यार्थीलगायतको सक्रिय सहभागिता रहेको थियो।

About Surendra Jairu

Check Also

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको छैटौं महाधिवेशन काठमाडौंमा सम्पन्न, अध्यक्षमा रेग्मी

15 सेप्टेम्बर 2024 काठमाडौं : विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *