Breaking News

सिक्किमका मुख्यमन्त्री पीएस गोलेद्वारा दिल्लीमा केन्द्रीय मन्त्री मनोहरलाल खट्टरसित भेटघाट

21 जुन 2024/ नयाँ दिल्ली                                                    सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राजधानी दिल्लीमा केन्द्रीय आवास, शहरी मामिला एवं उर्जा मन्त्री मनोहरलाल खट्टरसित उनको सरकारी निवासमा शिष्टाचार भेट गरेका छन ।       भेटघाटका क्रममा मुख्यमन्त्रीले हालै केन्द्रीय मन्त्रीमा नियुक्त भएकोमा खट्टरलाई शुभकामना दिँदै सिक्किम अनि राष्ट्रको भलाईका लागि भविष्यमा सहयोग रहनेमा आशावादी रहेको बताएका छन ।     सामाजिक संजालमा एक पोस्ट जारी गर्दै मुख्यमन्त्रीले यो जानकारी दिएका हुन । उनले भेटघाटमा राज्यसभा सांसद डीटी लेप्चा र मुख्य सचिव वी.बी पाठक पनि उपस्थित रहेको जानकारी दिएका छन ।

About globalgorkhatimes.com

Check Also

नेपाली राजदूतावास दिल्लीमा भगवान राम-सीताको स्वयम्वर, नेपाल-भारतको सांस्कृतिक सम्बन्ध दर्शाइयो

नयाँ दिल्ली, 24 सेप्टेम्बर 2024 भारत नेपालको मजबुत धार्मिक/सांस्कृतिक सम्बन्ध दर्शाउन सोमबार दिल्लीस्थित नेपाली राजदूतावासमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *